close

टिपी लिंक नेटवर्कको इन्टरनेट सेवा दाङमा पनि

टेकपाना टेकपाना

भदौ २१, २०७८ १६:१२

टिपी लिंक नेटवर्कको इन्टरनेट सेवा दाङमा पनि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी टिपी लिंक नेटवर्कको सेवा दाङमा पनि विस्तार भएको छ । दाङको तुल्सीपुरमा टिपी लिंकको नयाँ शाखा स्थापना भएको छ ।

दाङमा सस्तो, गुणस्तरीय, भरपर्दो र उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा उपब्ध गराउने उदेश्यका साथ तुल्सीपुरमा नयाँ शाखा स्थापना गरिएको टिपि लिङ्क नेटवर्कका प्रमुख दामोदर डुम्रेले बताए ।

अहिलेको सूचना प्रविधिको युगमा मान्छेलाई अति आवश्यक भइसकेको अवस्थालाई मध्यनजर गर्दै इन्टरनेट सेवा सञ्चालनमा ल्याएको तुल्सीपुर शाखाका सञ्चालक नवराज बुढाले जानकारी दिए ।

अर्का सञ्चालक खिमबहादुर घर्तिले अहिलेको बजारमा अन्य धेरै इन्टरनेट सेवाप्रदायक कम्पनिहरु भए पनि फरक सुविधा र सपोर्टका साथ जुनसुकै बेलामा पनि ग्राहक समस्या समाधान गर्ने उद्देश्यका साथ कम्पनीको सेवा विस्तार गरिएको बताए ।

२०७३ सालमा कास्कीमा स्थापना भएको टिपी लिङ्क नेटवर्क प्रालि अहिले पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँहुँदै दाङको तुल्सीपुरमा विस्तार भएको हो ।

तुल्सीपुर शाखाको नेटवर्क पहुँच हाल रोल्पाका त्रिवेणी गाउँपालिका, रुन्टिगढी र सल्यान कपुरकोट गाउँपालिकाका केही स्थानसम्म रहेको र अन्य ठाउँहरुमा पनि ग्राहकको मागअनुसार पुर्‍याइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३