close

कम्पनी प्रमुख भन्छन्ः टेलिकमका कारण नेपालको इन्टरनेट सस्तो

टेकपाना टेकपाना

भदौ २१, २०७८ २१:४६

कम्पनी प्रमुख भन्छन्ः टेलिकमका कारण नेपालको इन्टरनेट सस्तो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले इन्टरनेटको मूल्य घट्नुमा टेलिकमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो तर्क गरेका हुन् ।

‘यस अघि इन्टरनेटका लागि प्रयोगकर्ताले वार्षिक हजारौं रुपैयाँ मूल्य बुझाउनुपर्ने बाध्यता रहेको थियो,’ उनले भने, ‘टेलिकमले सस्तो प्याकेज ल्याएपछि अन्य कम्पनी समेत आफ्नो शुल्क घटाउन बाध्य भएका हुन् ।’ नेपाल टेलिकम नाफामूलक कम्पनी नभई सेवामूलक कम्पनी रहेको उनको जिकिर थियो ।

‘नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेको छ,’ उनले अगाडि भने, ‘टेलिकम कमजोर हुँदा सेवाग्राहीले महंगो शुल्कमा दूरसञ्चार सेवा प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ । बलियो हुँदा ठीक उल्टो सेवा सस्तो हुँदै जान्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५