साढे ५ लाख नाघे टेलिकमका भीओएलटीई प्रयोगकर्ता, फोरजी चलाउने ४७ लाख माथि

Nepal Telecom NTC VoLTE

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहकको संख्या पाँच लाख ६३ हजार नाघेको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कम्पनीले भदौ ९ गतेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमै पहिलो पटक गत जेठमा भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यस्तै कम्पनीको फोरजी तथा एलटीई सेवा प्रयोग गर्ने ग्राहकको संख्या ४७ लाख ४४ हजार ३७५ पुगेको छ । जुन असार मसान्तसम्मको प्रगति हो ।

यससँगै कम्पनीको मोबाइल डेटा (थ्रीजी र फोरजी) प्रयोग गर्नेको संख्या एक करोड ९९ लाख ७१ हजार ८६ रहेको छ । समग्रमा टेलिकमको सिमकार्ड बोक्ने प्रयोगकर्ताको सङ्ख्या दुई करोड चार लाख तीन हजार ९८६ रहेको छ ।

कम्पनीले भ्वाइस र डेटासँगै फिक्सलाइन अर्थात एफटीटीएच इन्टरनेट सेवालाई समेत व्यापकता दिएको छ । जसअनुसार टेलिकमले एक लाख २२ हजार ११० ओटा घरधुरीमा आफ्नो एफटीटीएच इन्टरनेट सेवा जडान गरिसकेको छ ।

त्यस्तै कपर (तामाको तार) मा आधारित ल्यान्डलाइन सेवालाई समेत कम्पनीले फाइबर मार्फत विस्थापित गर्दैछ । जसअनुरूप एक लाख २७ हजार २३३ घरमा फाइबरमा आधारित टेलिफोन सेवा विस्तार भएको छ ।

पछिल्लो समय कम्पनीले एउटै फाइबरमा इन्टरनेट, टेलिफोन र एनटीटिभी (आईपीटिभी) सेवा दिँदै आएको छ । भदौ ९ गतेसम्म दुई हजार ५८६ घरमा कम्पनीको एनटीटिभी जडान भइसकेको छ ।

यसरी समग्रमा कम्पनीको टेलिफोन घनत्व ७०.४० प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व ६८.२६ प्रतिशत पुगेको छ । यसको अर्थ ल्यान्डलाइन, फाइबर र मोबाइल सहित सबै प्रकारको भ्वाइस सेवा प्रयोग गर्ने ग्राहको संख्या दुई करोड चार लाख नौ हजार ५७८ रहेको छ भने मोबाइल डेटा, एडीएसएल तथा फाइबर इन्टरनेट प्रयोग गर्ने ग्राहक संख्या दुई करोड चार लाख तीन हजार ९८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team