close

पुराना एन्ड्रोइड फोनमा अब गुगल सर्भिस नचल्ने

टेकपाना टेकपाना

भदौ २२, २०७८ १२:७

पुराना एन्ड्रोइड फोनमा अब गुगल सर्भिस नचल्ने

काठमाडौं । यदि तपाईं एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) अथवा त्योभन्दा पनि पुराना एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने सेप्टेम्बर २७ देखि गुगल अकाउन्ट साइन इन गर्न सक्नुहुन्न ।

यसको अर्थ तपाईंले त्यस्ता एन्ड्रोइड फोनमा जिमेल, युट्युब जस्ता एपमा गुगल अकाउन्ट प्रयोग गर्न पाउनुहुन्न ।

सेप्टेम्बर २७ पछि प्रयोगकर्ताले त्यस्ता फोनमा गुगल अकाउन्ट लगइन गर्न प्रयास गरेको खण्डमा युजर नेम र पासवर्ड इरर भन्ने म्यासेज आउने जनाइएको छ ।

यदि तपाईंले गुगल अकाउन्ट लगइन नै गर्नु परेको खण्डमा भने उक्त फोन किन्दा फोनमै उपलब्ध भएको ब्राउजरमार्फत भने लगइन गर्न सकिने जनाइएको छ । तर, यसले गुगल ब्याकअप लगाएको कुनै पनि काम नगर्ने उल्लेख गरिएको छ ।

कम्पनीले जिन्जरब्रेड र त्यसअघिका एन्ड्रोइड प्रयोगकर्ता कति प्रभावित हुनेछन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, यसबाट केही प्रयोगकर्ता भने प्रभावित हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५