close

ह्वाट्सएपको नयाँ फिचरमा टेलिग्रामको ट्रोल

टेकपाना टेकपाना

भदौ २२, २०७८ १३:५

ह्वाट्सएपको नयाँ फिचरमा टेलिग्रामको ट्रोल

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप र टेलिग्राम एक अर्काका प्रतिस्पर्धी हुन् । प्रविधि र प्रयोगकर्ताको गोपनीयताका हिसाबले यी दुवै एपलाई उत्कृष्ट म्यासेजिङ एपको रुपमा लिइँदै आइएको छ । जसका प्रयोगकर्ता अर्बौं रहेका छन् ।

यस्तोमा यी दुई एपबीच हुने प्रतिस्पर्धा धेरैपटक सामाजिक सञ्जालमार्फत बाहिरिने गरेकै हो । त्यही क्रम फेरि पनि दोहोरिएको छ ।

ह्वाट्सएपले अघिल्लो हप्तामात्रै एन्ड्रोइड र आईओएसबीच ह्वाट्सएपको हिस्ट्री ट्रान्सफर गर्न सकिने फिचर उपलब्ध गराएको छ ।

ह्वाट्सएपले ल्याएको उक्त फिचरलाई लिएर टेलिग्रामले ट्रोल बनाएको छ । उसले ‘ह्वाट्स इयर ईज इट’ अर्थात यो कुन वर्ष हो भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ह्वाट्सएपलाई ट्याग गर्दै जीआईएफ पोष्ट गरेको छ ।

ह्वाट्सएपले उपलब्ध गराएको उक्त फिचर टेलिग्रामले दुई वर्षअघिबाटै प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको थियो ।

आफ्ना प्रयोगकर्तामाझ पुरानो भइसकेको उक्त फिचर ह्वाट्सएपले हालै उपलब्ध गराएपछि ह्वाट्सएप कुन जमानामा छ भन्दै उक्त ट्रोल गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५