close

ग्यापुको चाडबाड अफर, डिजिटल भुक्तानीमा विशेष छुट

टेकपाना टेकपाना

भदौ २२, २०७८ १६:७

ग्यापुको चाडबाड अफर, डिजिटल भुक्तानीमा विशेष छुट

काठमाडौं । नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत खरिद गरेमा ग्राहकले छुट र क्यासब्याक अफर पाउनसक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा पाँच सय रुपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागू हुनेछ ।

त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैयासम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गते देखि यो छुट २६ गतेसम्म लागू हुनेछ ।

यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गतेसम्म लागू हुनेछ ।

फोन पेमार्फत भुक्तानी गर्दा दुई सयको भौचर, एनआईसी एसियाको कार्डमार्फत भुक्तानी गर्दा दुई सयको भौचर र ईसेवाबाट भुक्तानी गर्दा दुई सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले दुई सयको टपअप प्राप्त गर्ने बताइएको छ ।

विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत नेपालमा हुनुभएको आफ्नो आफन्तलाई सरप्राइज दिनका लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ ।

त्यस्तै स्मार्ट वाच, विभिन्न फ्लेभरको केक र इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ ।

त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्राण्डका लिक्वेरहरू रहेका छन् । यीमध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा छुटहरू उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५