close

जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क ‘खल्ती’ बाट तिर्न सकिने

टेकपाना टेकपाना

भदौ २३, २०७८ ७:४

जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क ‘खल्ती’ बाट तिर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

यसपश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परिक्षार्थीहरु जेएएलटीएएनको कार्यालय भृकुटीमण्डपमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट अब हटेको छ ।

जेएलपीटी जापानी भाषासम्बन्धी ज्ञान परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसमा व्यक्तिको जापानी भाषा पढ्न, सुन्न र बोल्न सक्ने दक्षताको परीक्षण तथा मूल्यांकन गरिन्छ ।

उक्त परीक्षण बर्षको एकपटक लिइन्छ । जापानमा रोजगारका लागि जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनु पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५