close

ह्वाट्सएपमा ग्रुप नबनाई यसरी पठाउनुहोस् एकैपटक धेरैलाई म्यासेज

टेकपाना टेकपाना

भदौ २३, २०७८ ९:२३

ह्वाट्सएपमा ग्रुप नबनाई यसरी पठाउनुहोस् एकैपटक धेरैलाई म्यासेज

काठमाडौं । ह्वाट्सएप विश्वमा सबैभन्दा बढी प्रयोग हुने म्यासेजिङ एप हो । प्रयोगकर्ताको गोपनीयताका हिसाबले बढी प्रभावकारी हुने भएकाले पनि यसका अर्बौं प्रयोगकर्ता रहेका छन् ।

तर, जब ह्वाट्सएपमा विभिन्न ग्रुपमा जोडिँदै गइन्छ, तब ह्वाट्सएपको प्रयोग दिक्क लाग्दो हुन सक्छ ।

ग्रुपमा आउने म्यासेजको व्यवस्थापन झन्झटिलो हुने हुँदा पनि प्रयोगकर्ता ग्रुपलाई त्यति धेरै रुचाउँदैनन् । कहिले काहिँ त तपाईंलाई असान्दर्भिक ग्रुपमा समेत एड गरेर म्यासेज पठाइरहेका हुन्छन् । यसकारण धेरै प्रयाेगकर्ताले दिक्क मान्नु स्वभाविकै हाे ।

त्यसैले पनि होला ह्वाट्सएपले एकैपटक धेरैलाई म्यासेज पठाउन मिल्ने गरी ‘ह्वाट्सएप ब्रोडकास्ट’ फिचर उपलब्ध गराएको छ । त्यो हुँदा म्यासेज पठाउने व्यक्तिले विषयसँग सान्दर्भिक व्यक्तिलाई मात्रै छनोट गरी म्यासेज पठाउन सक्नेछन् । त्यसका लागि कुनै ग्रुप समेत बनाइराख्नु पर्दैन ।

ह्वाट्सएप ब्रोडकास्ट फिचरले तपाईंको कन्ट्याकमा रहेका दुई सय ५० जना ह्वाट्सएप प्रयोगकर्तालाई एकै पटक म्यासेज पठाउन सक्ने सुविधा दिन्छ ।

एकपटक तपाईंले त्यसरी म्यासेज पठाउनुभएको खण्डमा उक्त लिस्ट सधैंका लागि सेभ भएर बस्छ । त्यो हुँदा अर्कोपटक तपाईंले उक्त लिस्टमा सोझै म्यासेज गर्न सक्नुहुनेछ ।

यसले प्रयोगकर्तालाई अनावश्यक ग्रुप बनाउनबाट पनि राेक्ने अपेक्षा कम्पनीले लिएको छ ।

कसरी प्रयोग गर्ने ‘ह्वाट्सएप ब्रोडकास्ट’ फिचर ?

  • त्यसका लागि सुरुमा ह्वाट्सएप खोल्नुहोस् र दायाँ साइड माथि रहेको थ्री डट मेन्युमा क्लिक गर्नुहोस् ।
  • अब तपाईंले आफूले म्यासेज पठाउन चाहनुभएको व्यक्तिको नाम सर्च गर्नुहोस् अथवा छनोट गर्नुहोस् ।
  • अब त्यहाँ रहेको ‘चेक’ मार्कमा क्लिक गर्नुहोस् । यति गरेसँगै तपाईंको ब्रोडकास्ट लिस्ट तयार भयो ।

यसरी ब्रोडकास्ट लिस्ट तयार भएसँगै अब तपाईंले उक्त ब्रोडकास्ट लिस्टमा म्यासेज पठाएसँगै तपाईंले जोड्नुभएको सबैलाई एकैपटक म्यासेज जानेछ । यदि तपाईंले उक्त लिस्टमा जोडिएका व्यक्तिलाई हटाउन अथवा थव प्रयोगकर्तालाई जोड्न चाहनुभयो भने पनि सक्नुहुनेछ ।

यसरी म्यासेज पठाउँदा म्यासेज प्राप्त गर्नेले सामान्य रुपमा त्यस्तो म्यासेज प्राप्त गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५