close

लाखौं फोनमा बन्द हुँदै गुगल म्याप, जिमेल र युट्युव

टेकपाना टेकपाना

भदौ २३, २०७८ ११:५७

लाखौं फोनमा बन्द हुँदै गुगल म्याप, जिमेल र युट्युव

काठमाडौं । टेक जायन्ट गुगलले यही सेप्टेम्बर महिनाको अन्तबाट लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युव, जिमेल लगायत एपमा सपोर्ट बन्द गर्ने भएको छ ।

त्यो सँगै त्यस्ता एप लक हुनेछन् । यो विषयमा कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी गराएको हो ।

कम्पनीका अनुसार सेप्टेम्बर २७ देखि एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा गुगल सर्भिस चल्ने छैन ।

यसको अर्थ प्रयोगकर्ताले त्यस्ता स्मार्टफोनमा गुगलको सर्भिसमा लगइनको अप्सन पाउने छैनन् ।

गुगलको एन्ड्रोइड २.३ भर्सन सन् २०१० मा सार्वजनिक भएको थियो । प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्दै अब उक्त भर्सनका स्मार्टफोनमा सपोर्ट बन्द गर्ने तयारी गरिएको हो ।

कम्पनीका अनुसार पुराना भर्सनमा धेरै कमजोरीका साथै बगहरू हुने भएकाले पनि पुराना भर्सन बन्द गर्न थालिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५