close

ब्लुटुथमा भेटियो बग, लाखौं एन्ड्रोइड र विण्डोज १० डिभाइस जोखिममा

टेकपाना टेकपाना

भदौ २३, २०७८ १९:१४

ब्लुटुथमा भेटियो बग, लाखौं एन्ड्रोइड र विण्डोज १० डिभाइस जोखिममा

काठमाडौं । सुरक्षा जानकारहरूले ब्लुटुथ कनेक्सनमा आएको समस्याका कारण लाखौं विण्डोज १० र एन्ड्रोइड डिभाइस जोखिम रहेको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले कुल १६ वटा ब्राकटुथ भल्नरेबिलिटी पत्ता लगाएका छन्, जसले ब्लुटुथ कनेक्सन प्रयोग गर्ने डिभाइसहरूलाई असर गर्छ ।

स्पिकर, हेडफोन, माउस, किबोर्ड लगायत एक्स्टर्नल डिभाइस कनेक्ट गर्न ब्लुटुथ प्रयोग गर्ने डिभाइसमा यस्तो समस्या देखिएको हो ।

सो समस्या क्वालकम, इन्टेल र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका चिपहरूमा देखिएको छ ।

ब्लुटुथमा भेटिएको यो बगले स्मार्टफोन, ल्यापटप र केही स्मार्ट होम ग्याजेटहरूलाई असर गरेको पाइएको छ ।

यस्तो किसिमको समस्या माइक्रोसफ्टको सर्फेस ल्यापटप, डेलको डेस्कटप र ल्यापटप तथा सामसङ, गुगल पिक्सेल, वानप्लस लगायत विभिन्न एन्ड्रोइड स्मार्टफोनहरूमा देखिएको छ ।

अनुसन्धानकर्ताहरूले ११ कम्पनीको १३ वटा चिपहरू अध्ययन गरेका थिए । यद्यपि सिंगापुर विश्वविद्यालयले यस्तो किसिमको समस्या करिब १,४०० इम्बेडेड चिपमा हुनसक्ने बताएको छ ।

यो ब्लुटुथ बगका कारण ब्लुटुथमा आधारित करिब एक अर्बभन्दा बढी डिभाइसहरू प्रभावित भएको अनुमान छ ।

चिपसेटको आधारमा कुन डिभाइसमा कति असर गर्ने भन्ने निर्धारण हुने हुँदा केही डिभाइसमा धेरै प्रभाव पारेको र केही डिभाइसमा थोरै समयका लागि मात्र क्र्यास हुने पाइएको अध्ययनले देखाएको छ ।

यस्तो भएको खण्डमा आफ्नो डिभाइस रिस्टार्ट गरेर सहजै यो समस्या समाधान गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएको छ ।

यद्यपि अन्य डिभाइसहरूमा भने ह्याकरले फाइदा उठाउन सक्ने सम्भावना छ ।

अनुसन्धानकर्ताका अनुसार सम्बन्धित निर्माणकर्ताहरूलाई यो अध्ययनको रिपोर्ट सार्वजनिक हुनुभन्दा अगाडि नै यस विषयमा एक महिना अगाडिदेखि नै जानकारी थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५