close

ग्राफिक डिजाइन प्रतियोगिताका लागि असोज २ सम्म आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ २४, २०७८ ९:२८

ग्राफिक डिजाइन प्रतियोगिताका लागि असोज २ सम्म आवेदन दिन सकिने

काठमाडौं । सूचना प्रविधिमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ग्राफिक्स डिजाइन प्रतियोगिताका लागि आगामी असोज २ (सेप्टेम्बर १८) सम्म आवेदन दिन सकिने भएको छ ।

अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसका अवसर पारी गत अप्रिलबाट कार्यक्रम अघि बढेको हो । यसअघि भदौ २३ सम्म अनलाइन आवेदनको समय दिइएकोमा १० दिन समय थप भएको छ ।

यस प्रतियोगितामा ‘प्रोमोटिङ ग्लर्स इन आईसीटी’ विषयमा रहेर ग्राफिक डिजाइन गर्न सकिने छ । जसअन्तर्गत २२ वर्षसम्मका छात्राहरू सहभागी हुन पाउनेछन् ।

डिजाइनको साइज एसपेक्ट रेसियो ६४० गुणा ४८० पिक्सेल तोकिएको छ । त्यस्तै रेजोलुसन ३०० रेस/डीपीआई सम्मको हुनुपर्ने छ । फाइल साइज ८ एमबीभन्दा कम साइजको हुनुपर्नेछ ।

यसरी तयार पारिएको डिजाइन यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । त्यसरी आवेदन दिँदा सहभागीहरूले विद्यार्थी परिचयपत्र वा नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

उत्कृष्ट डिजाइनलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५