close

फेसबुकको बहुप्रतिक्षित रेबन चश्मा आज सार्वजनिक हुँदै, यस्तो छ डिजाइन र लुक्स

टेकपाना टेकपाना

भदौ २४, २०७८ १२:३७

फेसबुकको बहुप्रतिक्षित रेबन चश्मा आज सार्वजनिक हुँदै, यस्तो छ डिजाइन र लुक्स

काठमाडौं । फेसबुक र रेबनको सहकार्यमा निर्माण गरिएको स्मार्ट ग्लास आज साँझ सार्वजनिक हुँदै छ । तर, यी दुई कम्पनीले आधिकारिक रुपमा आफ्नो उत्पादन सार्वजनिक गर्नुअघि नै स्मार्ट ग्लासको जानकारी बाहिरिएको छ ।

‘इभिलिक्स’ नामक ट्वीटर प्रयोगकर्ताले फेसबुक र रेबनका स्मार्ट ग्लासका विभिन्न लाइनअप बाहिर ल्याएका छन् ।

‘रेबन स्टोरिज’ नाम दिइएको उक्त ग्लासमा फेसबुकको कुनै लोगो प्रयोग भने भएको छैन । तर, ग्लासको बाहिरी कभरमा भने रेबन र फेसबुक दुवैको लोगो प्रयोग गरिएको देखिन्छ ।

इभिलिक्सले सार्वजनिक गरेको जानकारी अनुसार ग्लास तीन विभिन्न फ्रेममा आउने छ । जुन रेबनका क्लासिकल डिजाइनसँग मिल्दो रहेका छन् ।

त्यस्तै ग्लासको दुई साइडमा क्यामेरा रहेको छ । यसअघि फेसबुकका मालिक मार्क जुकरबर्गले चाँडै रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक हुने बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५