close

उत्कृष्ट ब्राण्ड बन्यो नेपाल टेलिकम, एनसेल जिम्मेवार दूरसञ्चार कम्पनी

टेकपाना टेकपाना

भदौ २४, २०७८ १५:७

उत्कृष्ट ब्राण्ड बन्यो नेपाल टेलिकम, एनसेल जिम्मेवार दूरसञ्चार कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले बेस्ट टेलिकम्युनिकेसन ब्राण्डको अवार्ड प्राप्त गरेको छ । ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि टेलिकमलाई यस्तो अवार्ड दिएको हो ।

त्यस्तै एनसेल आजियाटा लिमिटेडले सामाजिक रुपमा उत्तरदायी दूरसञ्चार कम्पनीको अवार्ड पाएको छ । यो अवार्डले विश्वभरका उत्कृष्ट व्यवसायलाई पहिचान तथा प्रोत्साहन दिने गरेको छ ।

सरकारी तथा निजी दुवै क्षेत्रका उद्योग समेटिने यो अवार्ड दिइने गरेको छ । अवार्डका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा सञ्चालित व्यवसायहरूलाई मनोनयन गरिएको  थियो ।

यद्यपि यस्ता ब्राण्ड तथा कम्पनीले राष्ट्रिय स्तरका कम्पनीसँगै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ग्लोबल बिजनेस आउटलुक अवार्डको उपाधि १२ महिनासम्म कायम रहने गरेको छ ।

ग्लोबल बिजनेस आउटलुकले बैंकिङ तथा वित्त, ऊर्जा, उद्योग तथा प्रविधि बजारको क्षेत्रमा भएका नयाँ विकास सम्बन्धी विषयवस्तुलाई समेट्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५