close

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

टेकपाना टेकपाना

भदौ २५, २०७८ ८:४७

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

काठमाडौं । १३ वटा स्थानीय तह रहेको काभ्रेको ९ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सकिएको छ ।

गत फागुन ६ गतेदेखि जिल्लाको रोशी गाउँपालिकाबाट सुरु भएको परिचयपत्रको विवरण संकलन अभियानअन्तर्गत हालसम्म नौवटा स्थानीय तहमा विवरण संकलनको काम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बिहीबारसम्म जिल्लाको रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिकामा परिचयपत्रका लागि विवरण संकलन सम्पन्न भएको बताए ।

उनले जिल्लाको चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिकामा विवरण संकलनको काम सम्पन्न भएको छ भने मण्डनदेउपुर, पाँचखाल, पनौती र बनेपा नगरपालिकामा विवरण संकलनको काम तीव्र रूपमा अघि बढेको बताए । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५