close

प्राविधिक विषय पढ्ने कक्षा १२ सम्मका विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’

टेकपाना टेकपाना

भदौ २५, २०७८ १७:३

प्राविधिक विषय पढ्ने कक्षा १२ सम्मका विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’

काठमाडौं । सरकारले प्राविधिक विषय पढ्ने कक्षा १२ सम्मका विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो कार्यक्रम अगाडि सारेका हुन् ।

विधेयक अनुसार यो कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमूनाको रुपमा सुरुवात गरिनेछ । गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधारसहित प्रविधिको प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवम् विद्यार्थी संख्या समेतका आधारमा बाल शिक्षादेखि माध्यामिक शिक्षासम्मको नक्साङ्कन तयार गरी कार्यान्वयन गर्ने कार्यक्रम समेत अगाडि सारिएको छ  ।

‘भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाइ कार्यान्वयन गरिनेछ,’ अर्थमन्त्री शर्माले भनेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५