close

विद्युतीय माध्यमबाट वितरण गर्न हरेक प्रदेशमा शैक्षिक सामग्री उत्पादन गरिने

टेकपाना टेकपाना

भदौ २५, २०७८ १७:१३

विद्युतीय माध्यमबाट वितरण गर्न हरेक प्रदेशमा शैक्षिक सामग्री उत्पादन गरिने

काठमाडौं । सरकारले हरेक प्रदेशमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो कार्यक्रम अगाडि सारेका हुन् ।

उनका अनुसार यसले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमबाट प्रदेशभरिका सार्वजनिक विद्यालयमा उपलब्ध गराउनेछ । सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि  गर्दै शिक्षाको गुणस्तर सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अर्थमन्त्री शर्माले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५