close

अमेजनले आफ्ना साढे ७ लाख कर्मचारीको कलेज शुल्क तिरिदिने

टेकपाना टेकपाना

भदौ २६, २०७८ ९:१५

अमेजनले आफ्ना साढे ७ लाख कर्मचारीको कलेज शुल्क तिरिदिने

काठमाडौं । अमेजनले आफ्ना करिब सात लाख ५० हजार फ्रन्टलाइन कामदारहरूको कलेज शुल्क तिरिदिने भएको छ ।

पछिल्लो समय अमजेनमा कर्मचारी अभाव भइरहेको छ । हालै मात्र अमेजनले विश्वभर रहेको नेटवर्कमा कर्मचारी थप गर्ने घोषणा पनि गरेको थियो ।

यसैबीच कर्मचारीलाई आकर्षित गर्ने लक्ष्यसहित कम्पनीले विद्यार्थी कर्मचारीहरूको शैक्षिक शुल्क तिर्ने घोषणा गरेको हो ।

यस योजनाका लागि कम्पनीले एक अर्ब २० करोड अमेरिकी डलर अर्थात एक खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढि लगानी गर्ने बताएको छ ।

कम्पनीले अमेजनमा काम गर्दासम्म कामदारको वार्षिक कलेजको शुल्क तिरिदिने जनाएको छ ।

यसअघि वालमार्ट र टार्गेटले पिन कर्मचारीको शिक्षामा लगानी गर्ने घोषणा गरेका थिए ।

देशभर रहेका आफ्ना विभिन्न शैक्षिक पार्टनरसँगको सहकार्यमा कर्मचारीको कलेज शुल्क तिर्ने योजना अगाडि बढाइएको कम्पनीले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।

अन्य शैक्षिक तहसँगै अमेजनको यो योजनाले हाई स्कुल, डिप्लोमा र अंग्रेजी भाषाका विभिन्न कक्षाहरूमा पढ्दै गरेका विद्यार्थी कर्मचारीको शैक्षिक शुल्क तिर्नेछ ।

त्यतिमात्रै नभएर कम्पनीले थप तीन लाख इच्छुकहरूका लागि ‘अन दी जब करिअर’ तालिम समेत सञ्चालन गर्ने जनाएको छ । अमेजनले हाल अमेरिकामा रहेका फर्महरूमा कर्मचारीलाई फर्काउन विभिन्न सेवा सुविधाहरू थप गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५