close

प्रहरी कन्ट्रोल रूममा यसरी हुन्छ काम

टेकपाना टेकपाना

भदौ २६, २०७८ १६:३८

प्रहरी कन्ट्रोल रूममा यसरी हुन्छ काम

काठमाडौं । प्रहरी घटना भइसकेपछि मात्र पुग्छ वा प्रहरी भनेकै ढिला पुग्ने हो भन्ने आमजनताको सोचलाई पछिल्लो समय काठमाडौं उपत्यकाको प्रहरीले चिर्दै आएको छ ।

विस्तारित प्रविधिको प्रयोग गरेर प्रहरीले सेवाग्राहीको समस्यालाई १० मिनेटभित्र प्रतिक्रिया दिन सुरु गरेको छ ।

नेपाल प्रहरीले सफ्टवेयरमार्फत १०० मा आएका कलहरूको तत्काल प्रतिक्रिया दिँदै १० मिनेटभित्रै सेवाग्राहीको समस्या वा गुनासाेको प्रतिक्रिया दिइरहेको मेट्रो प्रहरी कन्ट्रोल रुमका प्रहरी निरीक्षक राजु केसी बताउँछन् ।

आकस्मिक नम्बर १०० मा आएको सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न प्रहरीले हाल प्रयोग गरिरहेको सफ्टवेयरलाई थप व्यवस्थित गर्न केही अपडेट गरिएको छ भने नयाँ एपको पनि निर्माण गरेको छ ।

यसै सन्दर्भमा हामीले मेट्रो प्रहरी कन्ट्रोल रुमका प्रहरी निरीक्षक केसीकेसीसँग प्रहरी कन्ट्रोलकाे नयाँ सिस्टमले कसरी काम गर्छ भन्ने विषयमा जानकारी लिएका छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५