close

अब इन्स्टाग्राममा आफूलाई मनपर्ने पोस्ट सुरूमै हेर्न पाइने

टेकपाना टेकपाना

भदौ २६, २०७८ १९:१८

अब इन्स्टाग्राममा आफूलाई मनपर्ने पोस्ट सुरूमै हेर्न पाइने

काठमाडौं । सामन्यतया इन्स्टाग्राममा तपाईंले हेर्न चाहेको पोस्ट मात्र न्युज फिडको सुरुमा नै देखिन्छ भन्ने छैन ।

कुनै पनि अकाउन्टकाे कुनै पनि पोस्ट सुरुमा आउन सक्छ । तर यसलाई व्यवस्थित गर्दै इन्स्टाग्रामले प्रयोगकर्ताको ‘फेभरेट’ अर्थात मनपर्ने सूचीमा रहेका अकाउन्टहरूको पोस्ट सबैभन्दा माथि हेर्न पाइने फिचरको परीक्षण गरिरहेको छ ।

मोबाइल डेभलर तथा लिकर एलेजेन्ड्रो पालुजी (Alessandro Paluzzi) का अनुसार इन्स्टाग्रामले अब प्रयोगकर्ताले आफ्नो फेभरेट अकाउन्टको छुट्टै सूची बनाएर सोही अकाउन्टहरूको पोस्ट फिडको सबैभन्दा सुरुमा देखिने फिचर ल्याउन लागेको छ ।

इन्स्टाग्राम प्रमुख आदम मोजेरीका अनुसार प्रयोगकर्ताले भर्खरै फलो गरेको अकाउन्ट, धेरै पोस्ट फलो गरेको अकाउन्ट, धेरै अन्तक्रिया गरेको अकाउन्ट, धेरै पोस्ट लाइक गरेको अकाउन्ट लगायतका आधारमा फिड तयार हुन्छ ।

त्यसको आधारमा इन्स्टाग्राममा तपाईं कस्तो पोस्ट हेर्न चाहनुहुन्छ र एउटा पोस्टमा लाइक, कमेन्ट र सेभ गर्न कति समय विताउन चाहनुहुन्छ भन्ने अनुमान गर्नेछ । यस्ता गतिविधिहरूको आधारमा इन्स्टाग्रामले तपाईंको फिडको सबैभन्दा माथि पोस्टहरू देखाउने छ ।

यद्यपि प्रयोगकर्ताले आफ्नो फिडमा देखिने पोस्टहरूका लागि छुट्टै फेभरेट सूची तयार गरेर परिवर्तन गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५