close

गुगल वानले ल्यायो २९ सय रुपैयाँमा ५ टीबी स्टोरेज प्लान

टेकपाना टेकपाना

भदौ २७, २०७८ १६:३२

गुगल वानले ल्यायो २९ सय रुपैयाँमा ५ टीबी स्टोरेज प्लान

काठमाडौं । गुगल फोटोमा अनलिमिटेड भर्सन बन्द हुने बित्तिकै आफ्ना फोटो र अन्य डेटा स्टोर गर्न कि त प्रयोगकर्ताले १५ जीबी स्टोरेज मात्र प्रयोग गर्नपर्‍यो कि त थप स्टोरेजको लागि पैसा तिर्नुपर्ने नियम गुगलले ल्याएको छ ।

स्टोरेज खरिद गर्ने अप्सनमा १०० जीबीको लागि प्रति महिना १.९९ डलर, २०० जीबीको लागि प्रति महिना २.९९ डलर, २ टीबी स्टोरेजको लागि ९.९९ डलर र १० टीबीका लागि ४९.९९ डलर शुल्क तिर्नुपर्ने हुन्छ ।

त्यस्तै त्योभन्दा बढी स्टोरेज चाहिएमा गुगलले २० टीबी र ३० टीबी स्टोरेज क्रमश: ९९,९९ रुपैयाँ र १४९.९९ रुपैयाँमा उपलब्ध गराएको छ ।

यद्यपि केही प्रयोगकर्तालाई १० टीबीसम्मको वा सोभन्दा धेरै स्टोरेज नचाहिने र २ टीबी मात्रको स्टोरेजले नपुग्ने स्थितिमा भने प्रयोगकर्तासँग एकैपटक १० टीबी नै किन्नुपर्ने बाध्यता थियो ।

अब भने गुगलले यो बाध्यता हटाएको छ । गुगल स्टोरेजमा गुगलले २ र १० टीबी स्टोरेजबीचको मध्यस्थताका लागि ५ टीबी स्टोरेजको प्लान ल्याएको छ ।

५ टीबी स्टोरेजको २४.९९ अमेरिकी डलर अर्थात २,९३५ रुपैयाँ पर्छ ।

२ टीबीभन्दा बढी स्टोरेज आवश्यक भएको, तर १० टीबी सम्मको स्टोरेज नचाहिएको प्रयोगकर्ताका लागि ५ टीबीको स्टोरेजले सहज हुने र प्रयोगकर्ताको पैसा पनि बचत हुने कम्पनीको धारणा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१