विदेशबाट फर्किदा ल्याउन पाइने मोबाइलको संख्या बढाउने सरकारको संकेत

काठमाडौं । सरकारले विदेशबाट ल्याउन पाउने मोबाइलको सङ्ख्या बढाउने सङ्केत गरेको छ । भन्सार नतिरी एउटा मोबाइल ल्याउन सक्ने अहिलेको प्रावधानलाई बढाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित प्रतिस्थापन विधेयकपछिको छलफल कार्यक्रममा उनले विदेशबाट फर्किएका नेपालीले एउटाभन्दा बढी मोबाइल ल्याउँदा दु:ख पाएको उल्लेख गर्दै यस्तो समस्या समाधान हुनुपर्ने बताए ।

‘जसले विप्रेषण पठाउँछ, उसले मोबाइल ल्याउँदा पनि दु:ख पाउनुपरेको छ,’ उनले भने, ‘अब तीन अथवा चार कति वटासम्म ल्याउन दिने त्यो पनि प्रस्ट पार्नुपर्छ ।’

सरकारले भदौ २५ गते अघिल्लो बजेट अध्यादेशलाई संशोधन गर्ने प्रतिस्थापन विधेयक ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team