close

आज हुने नेपाल र अमेरिकाबीचको क्रिकेट म्याच डिशहोममा हेर्न सकिने

टेकपाना टेकपाना

भदौ २८, २०७८ १२:११

आज हुने नेपाल र अमेरिकाबीचको क्रिकेट म्याच डिशहोममा हेर्न सकिने

काठमाडौं । डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघ (क्यान) बीच ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ का खेलहरू प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

यसका लागि क्यान र डिशहोमबीच सम्झौता भएको छ । उक्त सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

नेपाल, संयुक्त राज्य अमेरिका र ओमानबीच एक आपसमा दुई/दुई खेल हुनेछन् । यी खेल आजदेखि सुरू भएर असोज ४ गतेसम्म सञ्चालन हुनेछन् ।

जसअन्तर्गत आज नेपालले अमेरिका र भोलि ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।

सम्पूर्ण खेलहरू नेपाली समयअनुसार दिउँसाे ४ः१५ बाट डिशहोमको एक्सन स्पोर्ट्स एचडी वान र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१