close

अवैध फोन निष्कृय पार्दै साओमी

टेकपाना टेकपाना

भदौ २८, २०७८ १९:७

अवैध फोन निष्कृय पार्दै साओमी

काठमाडौं । चिनियाँ मोबाइल निर्माता ब्राण्ड साओमीले आफ्नो स्मार्टफोन बजारलाई विभिन्न देशमा विस्तार गरिरहेको छ । यद्यपि अमेरिका लगायतका केही देशमा भने साओमीका स्मार्टफोन उपलब्ध छैनन् ।

जब कि अमेरिका विश्वकै तेस्राे ठूलो स्मार्टफोन बजार हो । केही देशमा फोन आयातका लागि अनुमति नदिएको साओमीले अब भने यसमा ठोस कदम चालेको छ ।

साओमीका स्मार्टफोन उपलब्ध नहुने ठाउँमा अरू देशबाट फोन खरिद गरी आयात गर्ने क्रम बढेपछि कम्पनीले नयाँ कदम अगाडि बढाएको हाे । कम्पनीको नियम र सर्तहरूमा नै केही क्षेत्रहरूमा निषेध गर्ने उल्लेख गरिए पनि यस्ता गतिविधिलाई साओमीले नजरअन्दाज गर्दै आएको थियो ।

कम्पनीले आफ्नो पुरानो प्रवृत्तिलाई परिवर्तन गर्दै क्युबा, इरान, सिरिया, उत्तर कोरिया, सुडान र क्राइमिया लगायतका क्षेत्रमा साओमीका फोन डिसेबल (निष्क्रिय) गरेकाे छ ।

साओमीका स्मार्टफोनले काम नगरेपछि प्रभावित क्षेत्रका प्रयोगकर्ताले कम्पनीलाई खबर गरेका छन् । कम्पनीका तर्फबाट स्पष्टिकरण दिँदै भनिएको छ- ‘साओमीको नीतिमा यी क्षेत्रमा फोन (उत्पादन) बिक्री वितरणको अनुमति छैन । थप जानकारीका लागि रिटेलरसँग सिधा सम्पर्क गर्नुहोला ।’

अवैध रुपमा आयात गरिएका स्मार्टफोनमा यस्तो म्यासेज पठाइएको छ । लामो समयबाट बेवास्ता गरिरहेको यो मुद्दाको यो विषयमा साओमीले किन अचानक यस्तो कदम चाल्यो भन्ने स्पष्ट भएको छैन । नयाँ नीति अनुसार प्रभावित क्षेत्रमा रहेका साओमीका स्मार्टफोन प्रयोगकर्ताले कस्टम राेम इन्स्टल गरी चलाउन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१