close

बजेट फोनका लागि नयाँ चिप ल्याउँदै क्वालकम, १४४ हर्जसम्मको रिफ्रेस रेट क्षमता रहने

टेकपाना टेकपाना

भदौ २८, २०७८ २१:१७

बजेट फोनका लागि नयाँ चिप ल्याउँदै क्वालकम, १४४ हर्जसम्मको रिफ्रेस रेट क्षमता रहने

काठमाडौं । चिप निर्माता कम्पनी क्वालकमले मिड रेञ्जमा हाई-इन्ड फिचरसहितको चिप ल्याउने भएको छ । त्यसमध्ये एउटा एसएम६३७५ (SM6375) रहेको छ, जुन चार फरक मोडलमा उपलब्ध हुने जनाइएको छ ।

यी चार मोडलका चिप सीपीयू र जीपीयू फ्रिक्वेन्सीका आधारमा मात्रै फरक हुनेछन् । विनफ्युचरकाे रिपाेर्ट अनुसार जीपीयू फ्रिक्वेन्सी ८०० देखि ९४० तथा ९६० मेगाहर्जमा रहेको छ, जुन चार गोल्ड कोर र चार सिल्भर कोरसहित कूल आठ कोरको हुनेछ ।

यी उत्पादन कम्पनीले हाल विभिन्न निर्माताको १४४ हर्ज रिफ्रेसमेन्टयुक्त डिस्प्ले प्लेटफर्ममा परीक्षण गरिरहेको जनाइएको छ ।

कम्पनीले यो नयाँ चिपसेटलाई आफ्नो कुन पोर्टफोलियोमा राख्ने छ भन्ने विषयमा भने हालसम्म केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१