close

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकको डिम्याट खाता खोल्न सकिने

टेकपाना टेकपाना

भदौ २९, २०७८ ६:४७

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकको डिम्याट खाता खोल्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनबाट डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

डिम्याट लगायत शेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

बैंकको वेबसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा खाता रहेका ग्राहकले भने अनलाइनमार्फत डिम्याट खाता खोल्ने प्रकृया पुरा गरी सकेपछि एकपटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखामा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भई डिम्याट खाता नम्बर प्राप्त गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१