close

सेञ्चुरी बैंकको नयाँ बचत खाता, मोबाइल र इन्टरनेट बैंकिङ सेवा निःशुल्क

टेकपाना टेकपाना

भदौ २९, २०७८ १०:५०

सेञ्चुरी बैंकको नयाँ बचत खाता, मोबाइल र इन्टरनेट बैंकिङ सेवा निःशुल्क

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ सञ्चालनमा ल्याएकाे छ । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त बचत खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैकिङ र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफूलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्न सक्नेछन् ।

खाता खोल्नका लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१