close

आगामी अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२ !

टेकपाना टेकपाना

भदौ २९, २०७८ १३:२

आगामी अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२ !

काठमाडौं । आगामी अक्टोबर ४ मा एन्ड्रोइड १२ सार्वजनिक हुने भएको छ । एक्सडीए डेभलपरले सार्वजनिक गरेको आन्तरिक दस्तावेजमार्फत यस्तो जानकारी बाहिरिएको हो ।

मेटेरियल यू भिजुअल डिजाइन गुगल मोबाइल अपरेटिङ सिस्टमको अर्को भर्सन गत मे महिनादेखि पब्लिक बेटाको रुपमा उपलब्ध छ ।

एक्सडीए डेभलपर्सका अनुसार एन्ड्रोइडका विभिन्न भर्सनका लागि बन्ने सफ्टवेयरलाई अनुमति दिने कार्य कहिलेबाट रोकिन्छ भन्ने विषयमा ओईएम (वास्तविक उपकरण निर्माता) साझेदारको जानकारीका लागि गुगलले प्रयोग गरेको कागजात हो यो ।

जसअनुसार हरेक सफ्टवेयर अपडेट गुगल मोबाइल सर्भिससँग अनिवार्य रुपमा कम्प्याटिबल हुनुपर्नेछ । कागजातमा गुगलले अक्टोबर ४ लाई एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) मार्फत एन्ड्रोइड १२ सार्वजनिक हुने मितिको रुपमा सूचिकृत गरेको छ ।

एक्सडीएका प्रधान सम्पादक मिशाल रहमानले ती एओएसपी सार्वजनिक हुने मितिमै एन्ड्रोइडको स्टेबल भर्सन समेत सार्वजनिक हुने गरेको उल्लेख गरेका छन् ।

जसअनुरुप प्रयोगकर्ताका लागि एन्ड्रोइड १२ को स्टेबल भर्सन  समेत अक्टोबर ४ मै सार्वजनिक हुने अनुमान गरिएको हो । डकुमेन्टको स्क्रिनशट सहित रहमानले ट्वीट गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१