close

‘नमस्ते पे’ लाई ईसेवाको बधाइ, डिजिटल वित्तीय कारोबारमा सार्थक प्रगति हुने विश्वास

टेकपाना टेकपाना

भदौ २९, २०७८ १४:४

‘नमस्ते पे’ लाई ईसेवाको बधाइ, डिजिटल वित्तीय कारोबारमा सार्थक प्रगति हुने विश्वास

काठमाडौं । आजदेखि सञ्चालनमा आउन लागेको मोबाइल वालेट नमस्ते पेलाई ईसेवाले बधाइ दिएको छ ।

सरकारका दुई ठूला कम्पनीहरुको सहकार्यमा डिजिटल वित्तीय सेवा दिन थालेको नमस्ते पेलाई नेपालकै सबैभन्दा ठूलो भुक्तानी सेवाप्रदायक ईसेवाले बधाइ दिएको हो ।

मंगलबार आफ्नो ट्वीटर र फेसबुक अकाउन्टमा पोस्ट गर्दै ईसेवाले नेपालको अर्थव्यवस्थाले डिजिटल वित्तीय कारोबारमा विशाल प्रगति हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने गरी आजदेखि ‘नमस्ते पे’ ‘नमस्ते पे’ को प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन हुँदै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१