close

आईफोन १३ सार्वजनिक हुनै लाग्दा ट्वीटरको लाइक बटनमा विशेष आइकन

टेकपाना टेकपाना

भदौ २९, २०७८ १८:५३

आईफोन १३ सार्वजनिक हुनै लाग्दा ट्वीटरको लाइक बटनमा विशेष आइकन

काठमाडौं । आज एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्दै छ । नेपाली समयअनुसार १०ः४५ देखि हुने एप्पल इभेन्टका लागि विश्वभरका प्रविधिप्रेमी पखाईमा छन् ।

यसैबीच सामाजिक सञ्जाल ट्वीटरले एप्पल इभेन्टको अवसर पारी सेलिब्रेसन गरिरहेको छ । ट्वीटरमा ह्यासट्याग राखी एप्पल इभेन्ट (#AppleEvent) लेख्दा स्वतः एप्पलको लोगो देखापर्छ ।

अनि यस्तो ह्यासट्याग भएको ट्वीट लाइक गर्नुभयो भने लाइक बटन एप्पलको लोगोमा परिवर्तन भएको पाउन सक्नुहुन्छ ।

यो एनिमेसन सबै ब्राउजरमा भने उपलब्ध छैन । एन्ड्रोइड, आईओएस र म्याकओएसमा याे फिचर देखिए पनि क्रोम प्रयाेगकर्ताका लागि भने याे उपलब्ध छैन ।

‘क्यालिफोर्निया स्ट्रिमिङ’ थिममा हुने एप्पल इभेन्टमा कम्पनीले आईफोन १३, एप्पल वाच सिरिज ७ का साथै थर्ड जेनेरेशनको एयरपोर्ड प्रो सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१