close

ट्वीटरको ब्लू टिक भेरिफिकेसन पुनः सुरु, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ २९, २०७८ १९:३२

ट्वीटरको ब्लू टिक भेरिफिकेसन पुनः सुरु, यसरी दिनुहोस् आवेदन

काठमाडौं । ट्वीटरले पुनः भेरिफिकेसन प्रक्रियालाई अघि बढाएको छ । अघिल्लो महिनामात्रै ट्वीटर भेरिफिकेसनलाई बन्द गरेको कम्पनीले एक महिना नबित्दै पुनः सुरु गरेको हो ।

कम्पनीले ट्वीटरमार्फत भेरिफिकेसन प्रक्रिया खुला गरिएको विषयमा जानकारी दिएको हो ।

‘हामीले अघिल्लो महिना आएका आवेदन अध्ययन गर्न भेरिफिकेसन प्रक्रिया बन्दा गरेका थियौं’, कम्पनीले भनेको छ, ‘अब आवेदनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारीको साथ फेरि खुला गरिएको छ ।’

यसअघिको आवेदनमा कतिपय फेक अकाउणन्टसमेत भेरिफाइड भएका थिए ।

फेक अकाउन्ट समेत भेरिफाइड भएपछि धेरैले ट्वीटर भेरिफिकेसन प्रक्रियाको आलोचना गरेको थिए । त्यसरी आलोचना भएसँगै कम्पनीले भेरिफिकेसनलाई रोकेको थियो ।

अब भने भेरिफिकेसन प्रक्रियालाई थप प्रभावकारी बनाउने योजनाका साथ पुनः प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।

यसअघि सन् २०१७ देखि भेरिफिकेसन प्रक्रिया रोकिएको थियो । लामो समयदेखि रोकिएको उक्त प्रक्रियालाई नयाँ नीतिका साथ यही वर्षको मे महिनाबाट पुनः सुरु गरिएको थियो ।

यो बीचमा कम्पनीले धेरैपटक भेरिफिकेसन प्रक्रिया खोल्ने र बन्द गर्ने गर्दै आएको छ ।

यस्तो छ ट्वीटर भेरिफिकेसनको प्रक्रिया

ट्वीटर तपाईं उल्लेखित अकाउन्ट प्रयोगकर्ता हुनुहुन्छ र ट्वीटर भेरिफिकेसनका लागि आवश्यक योग्यता पुरा गर्नु भएको छ भने यसका लागि आवेदन दिन सक्नुहुन्छ ।

ट्वीटरमा तपाईंको वास्तविक नाम वा त्यस समानको नाम हुनुपर्छ । कम्पनीको सन्दर्भमा समेत यही नियम लागू हुन्छ ।

ट्वीटरमा तपाईंले भेरिफाइड फोन नम्बर, ईमेल आईडी, व्यक्ति वा कम्पनी अथवा ब्रान्डको बारेमा विस्तृत जानकारी समेत उल्लेख गर्नुपर्छ । कम्पनी, ब्राण्ड वा अकाउन्ट प्रयोगकर्ताको वास्तविक तस्वीर उपलब्ध गराउनुपर्छ ।

व्यक्तिगत अकाउन्टको हकमा जन्मदिनको जानकारी उपलब्ध गराउनुपर्छ । ट्वीटरको प्राइभेसी सेटिङमा ट्वीटलाई पब्लिक रुपमा सेट गर्नुपर्ने हुन्छ । सरकारले जारी गरेको परिचयपत्र (नागरिकता, राहदानी वा ड्राइभिङ लाइसेन्स जस्ता कागजात) को स्क्यान कपी अपलोड गर्नुपर्ने हुन्छ ।

कसरी आवेदन दिने ?

  • तपाईंले ट्वीटर एप तथा ट्वीटरको वेबसाइटमा रहेको अकाउन्ट सेटिङबाट भेरिफिकेसनका लागि आवेदन दिन सक्नुहुन्छ ।
  • त्यसका लागि तीन वटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस् ।
  • अब सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् ।
  • आफ्नो अकाउन्टमा जानुहोस् र स्क्रोल गर्दै अकाउन्ट इन्फरमेसनमा गएर भेरिफिकेसन रिक्वेस्टमा ट्याप गर्नुहोस् । त्यहाँ रहेको स्टार्ट रिक्वेस्टमा थिच्नुहोस् ।
  • आवश्यक विवरण भरेर सबमिट गर्नुहोस् ।
  • त्यस पछि ट्वीटरले तपाईंको अकाउन्ट भेरिफाई भयो वा भएन भन्ने कुराको जानकारी ईमेलमार्फत दिनेछ । यदि तपाईंको अकाउन्ट भेरिफाई भएन भने ३० दिनपछि पुनः यही प्रक्रयाबाट भेरिफिकेसनका लागि निवेदन दिन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१