close

नाइन्थ जेनेरेशनको नयाँ आईप्याड सार्वजनिक

टेकपाना टेकपाना

भदौ २९, २०७८ २३:६

नाइन्थ जेनेरेशनको नयाँ आईप्याड सार्वजनिक

काठमाडौं । एप्पलले नाइन्थ जेनेरेशनको नयाँ आईप्याड सार्वजनिक गरेको छ । मंगलबार जारी एप्पल इभेन्टमा कम्पनीले ए१३ बायोनिक चिप भएको आईप्याड सार्वजनिक गरेको हो ।

आईप्याडमा १२२ डिग्री प्वाइन्टसहित १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ । यसले फस्ट जेनेरेशनको एप्पल पेन्सिल सपोर्ट गर्ने जनाइएको छ ।

क्राेमबुकभन्दा तीन गुणा फास्टर रहने दाबी गरिएकाे याे उत्पादन आईप्याड ओएस १५ मा सञ्चालन हुनेछ ।

अमेरिकामा यसकाे मूल्य ३२९ डलर निर्धारण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१