close

फाइभजी सपोर्टसहित आईप्याड मिनि सार्वजनिक

टेकपाना टेकपाना

भदौ २९, २०७८ २३:२०

फाइभजी सपोर्टसहित आईप्याड मिनि सार्वजनिक

काठमाडौं । एप्पलले ८.३ इन्च स्क्रिन भएको आईप्याड मिनि सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित लञ्च इभेन्टमा एप्पलले फाइभजी सपोर्टसहित नयाँ जेनेरेशनको आईप्याड मिनि सार्वजनिक गरेको हो । यसको टप बटनमा टच आईडी छ ।

कम्पनीले यसअघिका आईप्याड मिनिको तुलनामा सीपीयू र जीपीयू पर्फर्मेन्समा उल्लेख्य परिमार्जन गरेको दाबी गरेको छ ।

ए१३ बायोनिक चिपसेटद्धारा सञ्चालित आईप्याड मिनिमा यूएसबी-सी पोर्ट पनि रहेको छ ।

यसलाई तपाईले आफ्नो क्यामेरा, ल्यापटप र अन्य डिभाइसमा कनेक्ट गर्न सक्नुहुन्छ ।

यसको रियर क्यामेरा १२ मेगापिक्सेलको छ, जसले फोरके क्वालिटीमा भिडिओ रेकर्ड गर्न सक्छ ।

फ्रन्ट साइडमा पनि कम्पनीले १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा दिएको छ । यसको मूल्य ४९९ डलर निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१