close

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवदुलही बेपत्ता

टेकपाना टेकपाना

भदौ ३०, २०७८ ७:१२

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवदुलही बेपत्ता

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा लालिमकी १९ वर्षीया पवित्रा लम्साल भएकी हुन् ।

उनको ५ दिनअघि मात्र विवाह भएको थियो । दुल्हन फर्काउन माइती आएकी उनी सेती नदी नजिकैको पुल्चोकमा टिकटक बनाउने क्रममा चिप्लिदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१