close

स्याटेलाइट प्रक्षेपणका लागि स्पेसएक्सलाई नासाले दियो झण्डै १८ अर्बको ठेक्का

टेकपाना टेकपाना

भदौ ३०, २०७८ ८:५७

स्याटेलाइट प्रक्षेपणका लागि स्पेसएक्सलाई नासाले दियो झण्डै १८ अर्बको ठेक्का

काठमाडौं । वातावरणसँग सम्बन्धित अन्तरिक्षयान प्रक्षेपणका लागि नासाले एलन मस्ककाे अन्तरिक्ष कम्पनी स्पेक्सएक्सलाई ‘जियोस्टेशनरी अपरेसनल इन्भाइरोमेन्टल स्याटेलाइट- यू (जीओईएस-यू)’ मिसनको ठेक्का दिएको छ ।

जीओईएस-यू ले पृथ्वीको  मौसमको लगायत महासागरहरुको वायुमण्डलीय मापन उपलब्ध गराउनेछ । साथै यसले चट्याङ गतिविधिको रियल टाइम म्यापिङ र सौर्य गतिविधि र अन्तरिक्षको मौसमको समेत जानकारी उपलब्ध गराउनेछ ।

अन्तरिक्षयानको प्रक्षेपण र मिसनसँग सम्बन्धित अन्य कामको लागत सहित कुल १५ करोड २५ लाख अमेरिकी डलर अर्थात १७ अर्ब ९५ करोड ३७ लाख १८ हजार रुपैयाँको ठेक्का नासाले स्पेसएक्सलाई दिएको हो ।

यो यान फाल्कन हेभी रकेटमा सन् २०२४ को एप्रिलमा  प्रक्षेपण गर्ने लक्ष्य रहेको छ । जीओईएस-यू नेसनल ओसियनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनद्धारा सञ्चालित जीओईएस-आर सिरिजको अन्तिम अन्तरिक्षयान हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१