close

अन्तरबैंक एटीएम कारोबार महिनामा दुई पटक निःशुल्क

टेकपाना टेकपाना

भदौ ३०, २०७८ १९:५५

अन्तरबैंक एटीएम कारोबार महिनामा दुई पटक निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा दुई पटकसम्म निःशुल्क गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दैं राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग एक महिनामा दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको हो ।

‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम २ (दुई) वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्ने छ । दुईभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रूपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ निर्देशिकामा भनिएको छ ।

यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए । २०७६ चैतयता कोरोना महामारी फैलिएपछि राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग केही महिना निःशुल्क पनि गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१