close

एन्ड्रोइडको प्रतिस्पर्धी हार्मोनीका प्रयोगकर्ता १० करोड नाघे

टेकपाना टेकपाना

भदौ ३१, २०७८ ९:५७

एन्ड्रोइडको प्रतिस्पर्धी हार्मोनीका प्रयोगकर्ता १० करोड नाघे

काठमाडौं । एन्ड्रोइडको विकल्पका रुपमा ह्वावेले सार्वजनिक गरेको अपरेटिङ सिस्टम ‘हार्मोनी–टु’ का प्रयोगकर्ता १० करोड नाघेका छन् ।

विगत तीन महिनाको अवधिमा हार्मोनी ओएसले आक्रमक बजा। विस्तार गर्न सफल भएको हो । पुराना डिभाइसहरूमा हार्मोनी ओएस अपडेट गर्ने प्रयोगकर्ताको संख्या पनि उत्तिकै बढेको छ ।

धेरैजसो पुराना डिभाइसहरूमा हार्मोनी अपडेट भएको र आउने दिनमा ह्वावे र अनरका थप पुराना स्मार्टफोनमा यसको अपडेट उपलब्ध हुने कम्पनीले बताएको छ । हार्मोनीका प्रयोगकर्ता सन् २०२१ को अन्त्यसम्म ३० करोड पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ ।

हार्मोनी आधिकारिक रुपमा जुन २ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएको एक हप्तामा नै हार्मोनी ओएसका प्रयोगकर्ता एक करोड पुगेका थिए भने दुई हप्तामा एक करोड ८० लाखभन्दा बढी प्रयोगकर्ता पुगेका थिए ।

त्यस्तै सार्वजनिक भएको एक महिनाभित्रमा दुई करोड ५० लाख प्रयोगकर्ताले हार्मोनी अपडेट गरेका थिए भने अगस्ट महिनासम्म सात करोड प्रयोगकर्ता पुगेका थिए ।

सेप्टेम्बर २ सम्ममा नौ करोड प्रयाेगकर्ता पुगेकोमा अहिले १० करोड पुगेको कम्पनीको दाबी छ ।

हालसम्म ह्वावे र अनरका ५६ वटा पुराना मोडेलका डिभाइसमा यो अपडेट उपलब्ध गराइएको छ भने यो वर्षको अन्त्य सम्ममा ३० करोड डिभाइसमा यो अपडेट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१