close

ह्वाट्सएपमा अब सबै डिभाइसबाट ‘च्याट थ्रेड’ हटाउन सकिने

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १०:५५

ह्वाट्सएपमा अब सबै डिभाइसबाट ‘च्याट थ्रेड’ हटाउन सकिने

काठमाडौं । ह्वाट्सएपले वेब एप र डेस्कटपमा देखिने अनावश्यक कुराकानी हटाउन ‘च्याट थ्रेड’ डिलिट गर्न मिल्ने बनाएको छ ।

हालसालै ह्वाट्सएपले मल्टी-डिभाइस सपोर्ट सिस्टम ल्याएको थियो । यस सिस्टममा आफ्नो नजिक फोन नहुँदा अथवा इन्टरनेट नहुँदा पनि आफन्त र साथीभाइसँग सजिलै कुराकानीमा जोडिन सकिन्छ ।

यसमा चार वटासम्म डिभाइसमा ह्वाट्सएप चलाउन मिल्छ । यद्यपि प्रयोगकर्ताले एउटै मात्र स्मार्टफोनमा सीमित रहनुपर्ने हुन्छ ।

इन्टरनेट कनेक्ट नभएको १४ दिनभन्दा बढी भएमा पछि जोडिएको डिभाइसमा अकाउन्ट आफैं लगआउट हुन्छ । जसले गर्दा प्रयोगकर्ताको सुरक्षाप्रति ढुक्क हुन सकिन्छ ।

ह्वाट्सएपमा परिमार्जन र परिष्कृत सुविधाको प्रयास भइरहँदा तुलनात्मक रुपमा यो ठूलो परिवर्तन हो ।

एपमा देखिएका केही बगहरूमा भने सुधार गर्न आवश्यक देखिएकाे छ, जसमा डिलिट गरिएका च्याट थ्रेड प्लेटफर्ममा सही ढङ्गले सिंक हुँदैन । यसका कारण एउटा डिभाइसबाट कुराकानी डिलिट गरिसक्दा पनि अन्य डिभाइसमा च्याट थ्रेड रहिरहन्छ ।

ह्वाट्सएपले सबै डिभाइसबाट च्याट थ्रेड हटाउन सक्नेगरी आधिकारिक रुपमा नयाँ फिचर विकासको क्रममा रहेको जनाएको छ ।

यो सुविधा एकपटक सक्रिय भइसकेपछि अन्य डिभाइसमा भएका थ्रेड च्याटहरू स्वत: डिलिट हुनेछन्, जसका लागि अपडेट भएको सफ्टवेयरको प्रयोग गर्नु जरुरी हुन्छ ।

बेटा भर्सन प्रयोगकर्ताका लागि भने यसको लाइभ सुविधा उपलब्ध छैन । यो सुविधा पूर्णरुपमा (स्टेबल भर्जन) आउनका लागि भने अझै केही समय लाग्ने छ ।

पछिल्लो पटक भएको लन्चमा मल्टिपल डिभाइसको उपयोग गर्दा एउटामात्र फिचर उपलब्ध नभएको होइन ।

पिन गरिएका च्याट, स्टार गरिएका म्यासेज, सर्च हिस्ट्री लगायतमा पनि समस्या देखिएको छ । यस वर्षको अन्त्यसम्ममा डिलिट भएका थ्रेडसँगै अन्य टुलहरू ह्वाट्सएप प्रयोगकर्तालाई अन्य प्लेटफर्ममा प्राप्त हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१