close

चिठ्ठा परेको भन्दै ह्वाट्सएप, इमो र भाइबरबाट ठगी, सचेत रहन प्रहरीको आग्रह

टेकपाना टेकपाना

भदौ ३१, २०७८ ११:२२

चिठ्ठा परेको भन्दै ह्वाट्सएप, इमो र भाइबरबाट ठगी, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । पछिल्लो केही समययता ह्वाट्सएप, भाइबर तथा इमो लगायतका एपमार्फत हुने ठगीका घटना बढिरहेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्यूरोले एक सूचना जारी गर्दै यस्ता प्रविधिको दुरूपयोगबाट बच्न र ठगी हुनबाट सतर्कता अपनाउन आग्रह गरेको हो ।

ब्यूरोका अनुसार ह्वाट्सएप, भाइरब, इमो लगायतका म्यासेजिङ एपमा व्यक्ति तथा आपराधिक समूहद्वारा यस्ता ठगीका घटना भइरहेका छन् ।

जसमा प्रयोगकर्तालाई भिडिओ तथा अडियो तथा टेक्स्ट म्यासेज गरी चिठ्ठा परेको भनी प्रलोभनमा पार्ने र प्रयोगकर्ताबाट पैसा असुल्ने काम भइरहेको छ ।

‘चिठ्ठाको नाममा ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले त्यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउनु हुने अनुरोध छ ।’
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१