close

१७ मिनेटमै फुल चार्ज हुने ‘साओमी ११ टी प्रो’ सार्वजनिक

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १४:२१

१७ मिनेटमै फुल चार्ज हुने ‘साओमी ११ टी प्रो’ सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले ‘११ टी’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । यसअन्तर्गत ‘साओमी ११ टी प्रो’ मा १२० वाटको हाइपरचार्ज फास्ट चार्जिङ सिस्टम रहेकाे छ ।

याे फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । जुन १७ मिनेटमै फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १० मिनेटको चार्जमा ७२ प्रतिशत चार्ज हुनेछ । यसअघि साओमीले सार्वजनिक गरेको ‘मि १० अल्ट्रा’ भन्दा याे अझ फास्ट भएकाे कम्पनीले जनाएकाे छ ।

हुन त मि १० अल्ट्रामा पनि १२० वाटकै फास्ट चार्जिङ सिस्टम प्रयोग भएको थियो । मि ११ फ्ल्यागशिप सिरिजमा सार्वजनिक भएका स्मार्टफोनमध्ये ‘११ टी’ पूर्ण रुपमा फरक रहेको दाबी गरिएको छ ।

मोबाइल राख्ने बक्सका साथै स्मार्टफोनको पछाडिको भाग प्लास्टिकले बनेको छ । त्योभन्दा बाहेक अन्य फिचर भने समान रहेका छन् ।

स्न्यापड्रागन ८८८ प्रोसेसर रहेको फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा साओमी ११ टी प्रोको मूल्य ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको ७६८ डलर (९० हजार रूपैयाँको हारहारीमा) र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको मूल्य ८८६ डलर (एक लाख चार हजार रूपैयाँको हारहारीमा) निर्धारण गरिएको छ ।

कम्पनीले याे सिरिजमा थप दुई लाइनअप पनि ल्याएकाे छ । यसअन्तर्गत ‘११ टी’ मिडियाटेक डाइमेन्सिटी १२०० अल्ट्रा प्रोसेसरका साथ आएको छ । जसमा ६७ वाटको चार्जिङ सिस्टम रहेको छ ।

त्यस्तै ‘११ टी लाइट’ फाइभजी एनई स्न्यापड्रागन ७८८ प्रोसेसरका साथ आएको छ । यसमा ४२५९ एमएएच क्षमताको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१