close

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १५:३

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

काठमडौं । मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ ।

यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका सम्पूर्ण ग्राहकलाई उपलब्ध हुनेछ । तर, एजेन्टको हकमा भने लागू नहुने जनाइएको छ ।

सजिलो पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक हो । यसले मोबाइल एपको माध्यमबाट प्रयोगकर्तालाई डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले विशेषगरी ग्रामीण भेगका ग्राहकलाई लक्षित गर्दै सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१