close

जापानमा सुरु भयो गुगल न्युज सोकेस

टेकपाना टेकपाना

असोज १, २०७८ ११:६

जापानमा सुरु भयो गुगल न्युज सोकेस

काठमाडौं । गुगलले जापानमा गुगल न्युज सोकेसको सुरुवात गरेको छ । गुगलले सन् २०२० को अन्त्यतिर आफ्ना प्लेटफर्ममा कार्डमा आधारित सामग्रीहरू प्रकाशनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सोकेसको सुरुवात गरेको थियो । जसका लागि कम्पनीले एक अर्ब अमेरिकी डलर बराबरको अनुमति समाचार संस्थाहरूलाई प्रदान गर्दै आएको छ ।

गुगल न्युज सोकेस समाचारको झलक देखाउन एउटा प्लाटफर्म हो । गुगलको उक्त सोकेसमा लगभग एक हजार समाचार संस्थाहरू जोडिएका छन् । गत जुलाई सम्म उक्त संख्या आठ सय मात्रै थियो । गुगलसँग सहकार्य गरी समाचार उपलब्ध गराउनेमा जर्मनी, भारत, क्यानडा, अष्ट्रिया, अर्जेन्टिना, अष्ट्रेलिया, इटाली र चेक रिपब्लिक लगायतका देशहरू छन्। अब उक्त सुचीमा जापान पनि थपिएको छ ।

गुगलका अनुसार ९० प्रतिशत प्रकाशकले स्थानीय समुदायका समाचार उपलब्ध गराउने गरेका छन् । जापानमा गुगलले ४० भन्दा बढि प्रकाशकसँग सहकार्य गरेको छ । जसमा राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार संस्थाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१