close

अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर फर्किए तीन चिनियाँ यात्री

टेकपाना टेकपाना

असोज १, २०७८ १५:५२

अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर फर्किए तीन चिनियाँ यात्री

काठमाडौं । अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा ओर्लिएका छन् । चीनको हालसम्मकै सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरी उनीहरु शुक्रबार पृथ्वीमा फर्किएका हुन् ।

उक्त अभियानमा न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो गरी तीन जना अन्तरिक्षयात्री सहभागी थिए । उनीहरू पृथ्वीभन्दा तीन सय ८० किलोमिटर माथि चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको तियानवेन–१ मोड्युलमा ९० दिन बसेर पृथ्वी फर्किएका हुन् ।

उनीहरू बिहीबार स्थानीय समय अनुसार दिउँसोको १ः३० बजे सेन्जाउ–१२ अन्तरिक्षयान मार्फत अन्तरिक्ष केन्द्रबाट फर्किएका हुन् । २४ घण्टाको यात्रापश्चात् उनीहरू शुक्रबार स्थानीय समयअनुसार दिउँसो १ः३५ मा पृथ्वीमा अवतरण भएका छन् ।

उक्त यान भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण भएको जनाइएको छ । पृथ्वीमा अवतरण भएको ३० मिनेट पश्चात यात्रीहरू यानबाट बाहिर आएका थिए ।

यसरी मानव सहितको तीन महिना अन्तरिक्ष अभियान सफल भएसँगै अन्तरिक्ष यानमा चीनको आत्मविश्वास अझ बढेको  बीबीसीको टिप्पणी छ Astronauts return to Earth after China’s longest space mission। यसअघि बुधबारमात्रै चीनले उक्त यानमा रहेका यात्रीले पठाएको फोटा सार्वजनिक गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१