close

साइबर अपराधीका लागि डार्कवेबको विकल्प बन्दै टेलिग्राम

टेकपाना टेकपाना

असोज १, २०७८ २०:५३

साइबर अपराधीका लागि डार्कवेबको विकल्प बन्दै टेलिग्राम

काठमाडौं । पछिल्लो समय म्यासेजिङ प्लेटफर्म टेलिग्रामलाई साइबर अपराधीहरुले चोरी गरेको डेटा खरिद-बिक्री गर्ने माध्ययमको रुपमा प्रयोग गरिरहेको अध्ययनले देखाएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्मीहरूको समूह साइबरइन्टले गरेको पछिल्लो अध्ययन अनुसार टेलिग्राममा लाखौं प्रयोगकर्ताको गोप्य जानकारी सार्वजनिक भइरहेको छ । 

ह्याकरको ठूलो समूहले टेलिग्राममार्फत् डेटा सार्वजनिक गरिरहेको बताएका छन् ।

टेलिग्राममा बनाइने ग्रुप तथा च्यानलमार्फत् यस्ता जानकारी बाहिर आइरहेको अनुसन्धानकर्मीले जनाएका छन् । उनीहरुले टेलिग्राम साइबर अपराधीका लागि सुरक्षित स्थानको रुपमा स्थापित हुँदै गएको बताएका छन् ।

‘यो क्रियाकलाप पछिल्लो समय शतप्रतिशतले वृद्धि भएको छ’, अनुसन्धानकर्ताले भनेका छन, ‘इन्क्रिप्टेड म्यासेजिङ सर्भिसका कारण यसरी ह्याकरबीच यो टेलिग्राम चर्चित हुँदै गएको हो । जसमार्फत् विभिन्न गैरकानुनी क्रियाकलाप भइरहेको छ । टेलिग्रामको फिचर डार्क वेबमा उपलब्ध फिचरजस्तै छ ।’

यो प्लेटफर्ममार्फत् उनीहरुले डेटा लिक गर्नुका साथै अनलाइन ठगी गरिरहेको अध्ययनको निष्कर्षमा भनिएको छ । 

यसअघि नर्टन लाइफ लक नामक संस्थाले गरेको अध्ययनले पनि टेलिग्राम अवैध मार्केटप्लेस भएको निष्कर्ष निकाल्दै लाखौं व्यक्तिको डेटा लिक गर्ने विकल्प बनिरहेको जनाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१