close

प्रहरीले टिकटक चलाउन नपाउने

टेकपाना टेकपाना

असोज २, २०७८ ७:४२

प्रहरीले टिकटक चलाउन नपाउने

ओखलढुङ्गा । मनोरञ्जनका लागि लोकप्रिय बनिरहेको भिडिओ शेयरिङ एप टिकटक प्रहरीले चलाउन नपाएका भएका छन् ।

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ध्यान दिनुपर्ने भन्दै ओखलढुङ्गास्थित जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेको भनाइ छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१