close

अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ? 

टेकपाना टेकपाना

असोज २, २०७८ ९:२१

अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ? 

काठमाडौं । रोमान्स स्क्यामरले लगानी, व्यापार र क्रिप्टोकरेन्सीका लागि पैसा माग्ने गरेको भन्दै अमेरिकाको संघीय अपराध अनुसन्धान ब्यूरो (एफबीआई) ले उपभोक्तालाई जोगिन चेतावनी जारी गरेको छ ।

एफबीआईका अनुसार यो वर्षको पहिलो ११ महिनामा मात्रै इन्टरनेट अपराध गुनासो सुनुवाई केन्द्रमा अनलाइन रोमान्स स्क्यामका १८ सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।

जसका कारण उनीहरूले  १३३.४ मिलियन डलर अर्थात् करिब १५ अर्ब ७४ करोड १२ लाख रुपैयाँ गुमाउनु परेको बताइएको छ ।

एफबीआईले बताए अनुसार स्क्यामरहरूले सामान्यतया पहिलो पटक पीडितहरूलाई डेटिङ एप तथा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने गरेका छन् ।

त्यसपछि अनलाइन सम्बन्धका आधारमा उनीले विश्वास आर्जन गर्छन् ।

आफूलाई नाफामूलक क्रिप्टोकरेन्सी लगानी तथा व्यवसायिक अवसरहरूको राम्रो ज्ञान रहेको भन्दै फेक वेबसाइट तथा एपमा पुर्‍याउँछन् ।

उनीहरूको विश्वासलाई थप मजबुत पुर्‍याउन पीडितले प्रारम्भिक लगानी गरेपछि नाफा हुने कुरा देखाउन पीडितलाई केही थोरै मूल्य फिर्ता लिने अनुमति पनि दिन्छन् ।

त्यसपछि भने ठगहरूले पीडितलाई भारी मात्रामा लगानी गर्न उक्साउँछन् । जब अर्को पटक पीडितले लगानी फिर्ता गर्न चाहन्छ, त्यसपछि उनीहरूलाई विभिन्न बहाना बनाउँदै नसक्ने कारण देखाउँछन् ।

यस्तोमा उनीहरूले कर तथा शुल्क तिर्नुपर्ने अथवा न्यूनतम अकाउन्ट ब्यालेन्सको सीमा नपुगेको जस्ता कारणहरू अगाडि सार्ने गर्दछन् । यसरी पीडितलाई थप रकम लगानी गर्नुपर्ने अवस्थामा पुर्‍याउँछन् ।

अनि जब पीडितले लगानी गर्न बन्द गर्छ, सामान्यतयाः ठगहरू त्यसपछि सम्पर्क टुटाउँछन् ।

यस्तो ठगीबाट कसरी बच्ने ?

  • अनलाइनमा मात्रै भेट भएका व्यक्तिहरूलाई कहिल्यै पनि रकम नदिनुहोस् र उनीहरूको सल्लाहकै आधारमा लगानी नगर्नुहोस् ।
  • आफूले विश्वास गर्न नसक्ने व्यक्तिहरूसँग आर्थिक तथा वित्तीय पाटोको विषयमा कुराकानी नगर्नुहोस् ।
  • आधिकारिकताको विषय नबुझेर अनलाइन अथवा वेबसाइटमा कसैलाई पनि आफ्नो बैंकिङ सूचना, सामाजिक सुरक्षा कोषको नम्बर, आईडी, पासपोर्टको विवरण अथवा अन्य कुनै पनि व्यक्तिगत जानकारी नदिनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१