close

‘सिभिलयन मिसन’ सफल भएपछि एलन मस्कलाई जेफ बेजोसको बधाइ

टेकपाना टेकपाना

असोज २, २०७८ १४:३४

‘सिभिलयन मिसन’ सफल भएपछि एलन मस्कलाई जेफ बेजोसको बधाइ

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको पहिलो ‘सिभिलियन मिसन’ लाई लिएर अमेजनका मालिक जेफ बेजोसले बधाइ दिएका छन् । बेजोसले ट्वीट गर्दै मस्कलाई बधाइ दिएका हुन् ।

बुधबार उडेको उक्त अन्तरिक्षयानमा कुनै तालिमप्राप्त अन्तरिक्षयात्री सहभागी छैनन् । चार जना सिभिलियन (साधारण व्यक्ति) मात्रै सम्मिलित उक्त यान उडेसँगै बेजोसले मस्क तथा स्पेसएक्स टिमलाई बधाइ दिएका हुन् ।

‘इन्पिरेसन ४ उडानका मस्क र स्पेसएक्स टिमलाई लागि बधाइ,’ बजोसले भनेका छन्, ‘यो अन्तरिक्षमा सबैका लागि सहज पहुँचको अर्को पाइला हो ।’

उनको यो ट्वीटमा मस्कले पनि धन्यवाद भन्दै ट्वीटमा रिप्लाइ दिएका छन् ।

मस्क र बेजोसबीच पछिल्लो केही समययता विवाद चुलिँदै आएको छ । हुने त यी दुईबीच लामो समयदेखि नै प्रतिस्पर्धा हुँदै आएको हो । तर, नासासँगको पछिल्लो घटनाले भने यी दुईबीच विवाद नै उत्पन्न भएको छ ।

नासाले चन्द्रमामा अन्तरिक्षयानमा अवतरणका लागि आवश्यक पर्ने स्टेशन निर्माणको जिम्मा एलन मस्कको कम्पनी स्पेसएक्सलाई सुम्पिएसँगै बजोस त्यसको विरुद्धमा उत्रिएका हुन् ।

उनले उक्त परियोजना आफ्नो कम्पनी ब्लुओरिजनले दिनुपर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले आफ्नो तर्फबाट नासालाई करोडौं डलर नासालाई उपलब्ध गराउन समेत तयार भएका थिए ।

तर, नासाले भने कानूनी रुपमा स्पेसएक्स नै छनोट भएको र अनुभवका आधारमा पनि मस्कको कम्पनी अघि रहेको भन्दै आएको छ । यो विषय अमेरिकको विभिन्न निकायका साथै अदालतमा पुग्ने अवस्थामा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१