close

गोप्रो हिरो टेन ब्ल्याक क्यामेरा नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

असोज २, २०७८ १६:९

गोप्रो हिरो टेन ब्ल्याक क्यामेरा नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा (GoPro Hero 10 Black action camera) सार्वजनिक गरेको छ ।

हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो । जीपीटू प्रोसेसरमा आधारित यो क्यामेरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ ।

यो क्यामेराले प्रतिसेकेन्ड ६० फ्रेमसम्म ५.३ के को उत्कृष्ट गुणस्तरको भिडिओ खिच्न सक्छ । साथै यो क्यामेराबाट २३ मेगापिक्सलको तस्वीर लिन सकिन्छ ।

हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडिओ स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत रहेकाे कम्पनीकाे दाबी छ ।

साथै धेरै अपग्रेड भएर आएको यो क्यामेरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज ‘गोप्रो’ का लागि नेपालको एक मात्र आधिकारिक वितरक हो ।

नयाँ सुविधाका कारणा गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामेराभन्दा अलग र अझ राम्रो भएको हुनाले साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य सृजनात्मक व्यक्तिहरुले मनमोहक दृश्य कैद गर्न उपयुक्त रहने कम्पनकाे भनाइ छ ।

नेपाली बजारमा यसको मूल्य ७५ हजार पाँच सय रूपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१