प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट दिन सुरू

काठमाडाैं । विश्वकै सबैभन्दा गहिराे कोङ्गो नदि वरपरका क्षेत्रमा प्रकाशको किरणबाट उच्च गतिकाे इन्टरनेट दिने कार्य सुरू भएकाे छ ।

याे सेवा सुरू भएसँगै काेङ्गाे नदीले छुट्याएका ब्रजिभिला र किंशासा सहरका जनताले सस्तो मूल्यमा फास्ट इन्टरनेट चलाउन पाउने भएका छन् ।

गुगलकाे अभिभावक कम्पनी अल्फाबेटकाे ‘तारा’ प्रोजेक्टमार्फत लेजर इन्टरनेट सिस्टमबाट ७०० टेराबाइट डेटा ट्रान्सफर भएकाे जनाइएकाे छ । याे सेवाको पहुँच सबै मौसम र स्थानमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अफ्रिकाका यी दुई सहरमा भएको दूरीलाई मेटाउने उद्देश्यले यो अभ्यास गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वायरलेस अप्टिकल कम्युनिकेसन सिस्टम (ताररहित प्रविधिबाट इन्टरनेट उपलब्ध हुने) मार्फत २० दिनमा ७०० टेराबाइट डेटा ट्रान्सफर भएकाे छ । जसअन्तर्गत २० जीबीपीएस कमर्सियल लिंक उपलब्ध गराइएकाे थियाे ।

यी दुई सहरका एक कराेड ७० लाख मानिसलाई सबै मौसममा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । 

कम्पनीले विगत तीन वर्षदेखि याे परियोजनामा काम गरिरहेको थियो । यसैगरी कम्पनीले केन्यामा उच्च गतिकाे इन्टरनेट व्यवसायिक रुपमा उपलब्ध गराउने योजना बनाएको छ ।

यसअघि प्रोजेक्ट ‘लुन’ मा फ्रिस्पेस अप्टिकल कम्युनिकेसन प्रविधिको परीक्षण गरिएको थियो, जुन गत फेब्रुअरीमा अल्फाबेटले बन्द गरेकाे थियाे ।

केही समयअघि चरा उड्दा समस्या देखिएपछि उक्त समस्याको समाधानमा टिमले काम गरिरहेको छ । यो प्रविधि भारत, केन्या, मेक्सिको र अमेरिकामा परीक्षण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team