पठाओकाे दशैं महोत्सव, राइडर र सेवाग्राही दुवैले उपहार जित्न सक्ने

काठमाडौं । राइड शेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी पठाओ दशैँ महोत्सव घोषणा गरेको छ ।

महोत्सवमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आईफोन जित्ने मौका रहेको छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्याप्टेन (ट्याक्सी चालक) र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेनले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाँचौ उपहारमा मिक्सर जित्न सकिनेछ ।

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।

राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नका लागि धेरैभन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ । रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान ‘सस्पेन्ड’ पनि हुनसक्ने जनाइएकाे छ ।

राइडर वा फुडम्यानले आफैँले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाइहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहकबिना नै राइड सुरु र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन ।

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नका लागि २० दिनको अवधिभित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरी कम्तीमा २० पटक एप प्रयोग गरी पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।

पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन्, ‘भिडको समयमा पनि राइडरहरूले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशैं महोत्सव सार्वजनिक गरिएको हो ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team