close

बहुप्रतिक्षित सामसङ ग्यालेक्सी ए५२एस नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

असोज ४, २०७८ १६:४२

बहुप्रतिक्षित सामसङ ग्यालेक्सी ए५२एस नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । सामसङ नेपालले ‘ए’ सिरिजको फाइभजी फोन ‘ग्यालेक्सी ए५२एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आज एक भर्चुअल कार्यक्रममार्फत कम्पनीले याे फोन सार्वजनिक गरेको हो ।

युवा प्रयोगकर्ताका साथै क्यामेरा पारखी प्रयोगकर्तालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यो फोन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ ।

फोनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी एमोलेड डिस्प्ले छ । यसले गर्दा ए५२ भन्दा यो फोन थप उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।

क्यामेरा सेन्ट्रिकका लागि एकदमै उपयोगी हुने बताइएको यो फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरासहित ६४ मेगापिक्सेलको रियर क्यामेरासहित १२ मेगापिक्सेलको अल्ट्रावाइड र ५/५ मेगापिक्सेलको म्याक्रो अनि डेप्थ क्यामेरा समावेश छ ।

क्यामेरामा ब्राइट नाइट, फन मोड, सिंगल टेक, माई फिल्टर्सजस्ता विभिन्न फिचर उपलब्ध छन् । त्यस्तै फोटो खिच्दा १० गुणासम्म जुम गर्न मिल्छ ।

त्यस्तै यो फोनको साथमा तपाईंले सुपर स्टिडी मोडमा फोरके रेजोलुसनमा भिडिओ खिच्न सक्नुहुनेछ ।

४५०० एमएएच ब्याट्री रहेको हुँदा एकपटक फुल चार्ज गर्दा सामान्य अवस्थामा दुई दिनसम्म ब्याट्री लाइफ रहने अनुमान छ ।

हुन त धेरैजसो फिचर ए५२ को जस्तै भएपनि फाइभजी सपोर्ट र १२० हर्ज रिफ्रेस रेटका कारण प्रयोगकर्ताका लागि ए५२ एस बढी आकर्षित हुने कम्पनीको विश्वास छ । ग्यालेक्सी ए५२ मा ९० हर्जको मात्र रिफ्रेस रेट उपलब्ध थियो ।

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५३,९९९ रुपैयाँ निर्धारण गरिएकाे छ । त्यस्तै ८ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ ।

फोनको प्रि-बुकिङ दराज अनलाइन शपिङ स्टोरमा आजबाट सुरु भएको छ । यद्यपि बजारमा भने बिहीवारपछि मात्र उपलब्ध हुनेछ ।

यही कार्यक्रमबीच गेमिङलाई मध्यनजर गर्दै कम्पनीले छिट्टै नेपाली बजारमा ‘एम’ सिरिजको फाइभजी फोन पहिलोपटक सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिएकाे छ ।

कलेजका विद्यार्थी, मल्टिटास्कर विशेषगरी गेमिङमा रुचि भएका प्रयोगकर्तालाई मध्यनजर गर्दै ग्यालेक्सी एम५२ फाइभजी नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो फोन ६ जीबी र ८ जीबी भेरियन्टमा उपलब्ध छ । ६.७ फुलएचडी एमोलेड डिस्प्ले सहित यो फोनमा पनि १२० हर्जको रिफ्रेस रेट उपलब्ध छ ।

३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा भएको यो फोनमा ६४ मेगापिक्सेलको रियर क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड, पाँच मेगापिक्सेलको ट्रिपल क्यामेरा उपलब्ध छन् ।

६ जीबी र्‍याम भेरियन्टको फोनको मूल्य करिब ४६,००० रुपैयाँदेखि ४७,००० रुपैयाँ र ८ जीबी र्‍याम भेरियन्टको फोनको ४८,००० रुपैयाँदेखि ४९,००० रुपैयाँ पर्नसक्ने कम्पनीले बताएको छ । यो फोन कालो र निलो गरी दुई रङमा उपलब्ध हुनेछ ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१